काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई चेतनास्तर विकास गर्न नसक्दा कोरोना समस्या भयावह अवस्थामा पुग्ने खतरा बढेको बताएका छन् ।उनले नेपाल र नेपालीहरू असहज र असामान्य अवस्थामा रहेको बताउँदै विश्वनै कोरोनाको तयारीमा जुट्न नसकेको पनि बताए । यद्यपी, कोरोनामुक्त नेपाल बनाउने प्रयास जारी रहेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै सरकारले ९७ हजार नागरिकलाई क्वारेनटाइनमा राख्नसक्ने जानकारी दिए।
ओलीले भने, ‘कोरानाभित्र छिरेर राजनीति गर्न खोज्ने, कोरोनाको नियन्त्रणभन्दा पनि राजनीति गर्न खोज्ने बाहेक जनताबाट व्यापक सहयोग पाएको छ ।’ नेपालमा कोरोनाको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रयास विभिन्न कारणले सफल हुन नसकेको पनि बताए ।