वीरगन्ज, जेठ ५ । पर्साको ‘क्वारेन्टाइन’मा बसेकाहरुले गुणस्तरहीन खाना खुवाएको भन्दै विरोध गरेपछि सोमबारदेखि उनीहरुलाई गुणस्तरीय खानाको व्यवस्था गरिएको छ ।कोरोना संक्रमितहरुले खाना समयमा नहुने र व्यवस्थापकीय कमजोरी भएको भन्दै विरोध गरेपछि व्यवस्थापनमा सुधार गरिएको हो ।
नारायणी तथा सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका संक्रमितहरुका लागि खाना र नास्ताको व्यवस्थापन धेरै खराब भएको भन्दै व्यापक आलोचना भएको थियो ।समाजिक संस्था सानो पाइलाले वीरगन्जमा उपचाररत् कोरोना संक्रमित बिरामीलाई भोजन तथा खाजा खुवाउने जिम्मा लिएपछि खानामा सुधार भएको हो ।