काठमाडौं, ५ जेठ । आज एकै दिन कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ९ जना संक्रमित थपिएको जानकारी गराएकोमा अपरान्ह थप ५३ जना संक्रमित पत्ता लागेको बताएको छ ।निरन्तर संक्रमित संख्या बढ्दै जाँदा कुल ३५७ लाई कोभिड १९ भएको छ । बाँकैमा एकै दिन ४७ जना संक्रमित पत्ता लागेका छन् ।
थप नयाँ जिल्लाहरुमा पनि संक्रमित भेटिएका छन् । गुल्मीमा पहिलोपटक संक्रमित भेटिएका छन् । देशका कुल ३१ जिल्लामा संक्रमित भेटिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।थप बिबरण आउन बाकी रहेको छ।