अमेरिकाले भारतलाई कोरोना भाइरसविरुद्धको युद्धमा साथ दिने भएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटर मार्फत भारतलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले भारतलाई कोरोना महामारीसँग लड्न सहयोगकालागि भेन्टिलेटर दिने ट्वीटरमा उल्लेख गरेका छन् ।उनले ट्वीटमा अमेरिका र भारत कोरोना भयाक्सिन बनाउने कार्यमा पनि साथ रहेको र साथ मिलेर यस अदृश्य दुश्मनलाई जित्ने पनि बताएका छन् ।