सरकारले उद्योग धन्दा खोल्न दिने निर्णय फिर्तां लिने भएको छ । को’रोना भा’इरस (कोभिड–१९) सं’क्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा थप क’डाई गर्ने भएको हो । एक मन्त्रीका अनुसार त्यसबारे भोलि (बुधबार) सम्म सरकारका तर्फबाट केही निर्णय आउने छ । ‘खुकुलो पार्दा म’हामारी अनियन्त्रित रुपमा बढ्ने ख’तरा देखियो’, उनले भने, ‘उद्योग खोल्न दिने निर्णय फिर्ता हुन्छ ।’
ती मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओली मंगलबारको बैठकमा को’रोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र सदस्य रहेका मन्त्रीहरुसँग रि’साएका थिए । ‘तपाईंहरुले खुकुलो पारौं भन्नु भयो । यो भावनामा डुबेर निर्णय गर्ने बेला होइन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘मान्छे नै रहेन भने आर्थिक गतिविधि खुला गरेर के हुन्छ ? पहिला मान्छे बाँच्नुपर्छ ।’
मन्त्रिपरिषदले शुक्रबारदेखि ४४ प्रकारका उद्योग खोल्न अनुमति दिएको थियो । यस्तै सरकारी कार्यालयहरुमा एक तिहाई कर्मचारीलाई हाजिर गराइएको छ । सोही कारण काठमाण्डु उपत्यकाका सडकमा लकडाउनमा समेत ट्राफिक जाम भइरहेको छ