काठमाडौंको रविभवनमा शुक्रबार बिहान भएको दु’र्घट’नामा एक जनाको ज्या’न गए’को छ । आज बिहान रविभवनमा भएको दु’र्घट’नामा निजी कारले मोटरसाइकललाई ठ’क्कर दिँदा एक जनाको ज्या’न गएको हो । बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जु’ध्दा’ मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्या’न गएको हो ।कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । मृ’तक गेलाल मा’सु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मा’सु बोकेर आएका थिए । दु’र्घट’नापछि सडकभर मा’सु छरिएको थियो ।
कार चालक सेनाको कर्णेल
नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल ले उक्त कार चलाएको खुलेको छ । कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठो’क्किन पुग्दा दु’र्घटना भएको प्रहरीले जनाएको छ । दु’र्घट’नामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृ’त्यु भएको छ ।