काठमाडौं । बाँकेको नेपालगन्जमा आइतबार एकैपटक १५ जनामा को’रोना सं’क्रमित फेला परेपछि देशभर चि’न्ता छाएको छ । सोमबार बिहानसम्म नेपालमा ७५ जनामा को’रोना सं’क्रमण भएको पुष्टि भएको छ । नेपालगन्जको मस्जिद र मदरसामा पढाउँदै र बस्दै आएका एकजना ६० वर्षीय वृद्धको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेका १५ जनामा को’रोना पोजेटिभ देखिएको हो । ती वृद्धमा गत शुक्रबार मात्रै को’रोना सं’क्रमण देखिएको पुष्टि भएको थियो । उनीहरु सबै नेपालगन्जको महेन्द्रपार्क क्षेत्र नजिकै एउटै टोलका बासिन्दा हुन् । पहिलो सं’क्रमित व्यक्तिको परिवार सातजनाको छ ।
एउटा परिवारका सातैजनाको अझै नमूना परीक्षण भइसकेको छैन । आइतबार सं’क्रमण पुष्टि भएका सबैलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्या’न्सर अस्पतालको आइसुलेसनमा राखेर उपचार गरिँदै छ । सबैको अवस्था सामन्य देखिएको भेरी अञ्चल अस्पतालले निकालेको सूचनामा उल्लेख छ । ६० वर्षीय वृद्धमा को’रोना देखिएपछि तीन दिनदेखि नेपालगन्जका धम्बोजी, एकलइनी फुलटेक्रा र महेन्द्रपार्क नजिकका केही मस्जिद र मदरसालाई सिल गरी संक्रमतिको पहिचान र खोजी कार्य गर्न थालिएको छ । सात वर्ष उमेरसम्मका बालबालिकमा समेत सं’क्रमण देखिएपछि नेपालगन्जको अवस्था निकै जो’खिमपूर्ण बनेको छ ।
नेपालगन्ज महेन्द्रपार्क नजिकै वडा नम्बर ८ मा रहेको एउटा मस्जिदमा नवाज पढ्न जाने र मदरसामा समेत पढाउान जाने आउने गरेका पहिलो सं’क्रमित बृद्धबाटै टोलका धेरैमा संक्रमण फैलिएको हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनको टोली अनुसन्धानका लागि नेपालगन्ज आइपुगेको छ । शनिबार र आइतबार गरीदुई दिनमा सं’क्रमतिको सम्पर्कमा रहेका करिब डेढसय जनाको स्वाव परीक्षण गरेको छ । यसैक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले सं’क्रमितसँग सम्पर्कमा आउनेको सूची नै तयार गरेर खोजी गर्दै आएका छन्।