काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को वि’वादलाई लिएर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआ’लोचना गरेका छन्। शनिबार साँझ साढे ५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेका कमी क’मजोरी तथा पार्टीलाई बाइपास गरी भएका निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले आत्मआ’लोचना गरेका हुन्।
ओलीले सरकार सञ्चालनका क्रममा भएका कयौँ क’म्जोरीलाई लिएर बैठकमा आत्मआ’लोचना गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। ‘सरकार सञ्चालनका क्रममा भएका कमी क’म्जोरीका कारण पार्टीलाई पनि असर परेको मैले बुझेको छु’, ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ‘सरकारका कामकारवाहीबारेमा आत्मआ’लोचित हुन तयार छु। सरकार सञ्चालनका क्रममा पार्टीसँग हुन नसकेको समन्वयलाई अब जीवन राखेर अघि बढ्नेछु।’
त्यस्तै बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पनि आत्मआलोचना गरेका छन्। उनले सरकारलाई पार्टीबाट सक्दो साथ हुन नसकेको अवस्थालाई लिएर आत्मआलो’चना गरेको श्रेष्ठले बताए। ‘अध्यक्ष प्रचण्डले पनि आत्मआ’लोचना गर्नुभएको छ’, उनले भने, ‘पार्टीका गतिबिधि जीवन्त र प्रभावकारी हुन नसकेको तथा सरकारसँगको सहकार्यलाई सशक्त बनाउन नसकेकोमा अबदेखि त्यसलाई सुधारेर अघि बढ्ने बताउनुभएको छ।’