‘हाम्रो नेपाल हामी नेपाली’का अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो ।
सरकारले आफूखुसि राहत वितरण गर्न छुट नदिईरहेका बेला अनुमति समेत नलिई लकडाउन उल्लङ्घन गरि राहत बाड्दै र देशविदेशमा रहेका नेपालीहरुसंग राहतको लागि पैसा उठाएको कारण शाहीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
मंगलबार विहान राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई पक्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो । त्यस क्रममा शाहीलाई पक्राउ गर्न गएको टोलीले शक्ति ठाकुरीसहित केहीलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी शाखा ललितपुर लगेको हो।