अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नियुक्तिमा प्रधानमन्त्री केपी ओलीको विशेष चासो छ । आयोगमा दुई आयुक्त रिक्त छन् ।
प्रमुख आयुक्त नवीन घिमिरेले ६ महिनापछि अनिवार्य अवकाश पाउँदै छन् । त्यसपछिका लागि आफूअनुकूल व्यक्ति प्रमुख आयुक्तमा नियुक्त गर्ने ओलीको योजना छ । उनले पूर्वसचिव प्रेमकुमार राईलाई अहिले आयुक्तमा नियुक्त गर्न चाहेका छन् ।
तर, प्रमुख प्रतिपक्षी कांग्रेसले समेत अख्तियारमा दाबी गर्दै आएपछि सहमति हुन सकेको छैन । जसले गर्दा नियुक्ति रोकिँदै आएको छ । संवैधानिक परिषद्का सदस्य रहने प्रतिपक्षी दलका नेताको सहमतिविना नियुक्ति गर्न गाह्रो थियो । त्यसैले अध्यादेशमार्फत परिषद्को ऐन नै संशोधन गरियो ।