काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले को’रोना भा’इरस स’ङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले को’रोना स’ङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गोरखापत्रसहितका सञ्चारमाध्यमहरूसँँगको विशेष अन्तर्वार्तामा सो कुरा स्पष्ट गरेका हुन् । प्रधानमन्त्री ओलीले को’रोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा स’ङ्क्रमणको स्थिति नहेरी सी’मा खोल्न पनि नसकिने स्पष्ट पारे ।
सरकारले समयमै लकडाउन, सी’माबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले को’रोना भा’इरस स’ङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अब यसले हामीलाई झुक्याउन सक्दैन ।’
को’रोना भा’इरस विश्वमा ड’ढेलोझैँ फैलिइरहेको अवस्थामा यसको स’ङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गु’माउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताए ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा नेपाली जनताबाट प्राप्त सहयोग, समर्थन र सहकार्यका लागि धन्यवाद व्यक्त गरे । उनले भने, ‘नेपाली जनताले अत्यन्तै ठूलो समझदारी र सहयोगी भएको बताए।