काठमाडौं । आर्थिक संकटको समयमा सरकारले विलम्ब नगरी आर्थिक प्याकेज निर्माण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग माग गरेको छ ।
कोरोना प्रकोप नियन्त्रण गर्न बन्दाबन्दी मात्र समाधान होइन भन्दै नेपाली अर्थतन्त्रलाई राहत दिन तत्कालै आर्थिक प्याकेज निर्माण गर्न राप्रपाले माग गरेको हो ।राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार विज्ञप्ति जारी गर्दै महामारीलाई दृष्टिगत गर्दै अन्तर्राष्ट्रिय समुदायसँग विशेष प्रस्ताव गर्न सरकारलाई सुझाव दिएका छन् ।
तीन अध्यक्षले कोरोना महामारीविरुद्ध लड्न सबै तहमा सर्वदलीय संयन्त्र निर्माण गर्न पनि सुझाव दिएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार घर जान चाहने नागरिकका लागि आवश्यक प्रबन्ध मिलाउन माग गरेका छन् ।
स्वास्थ्य सामाग्री, औषधि अझै आयात हुन नसकेको, सरकारको चेन अफ कमाण्ड रहेको भन्दै राणा, लोहनी र थापाले चिन्ता प्रकट गरेका छन् ।