कोरोना भाइरस र अन्य कारणले मृत्यु भएका १२ नेपालीको शव १५ दिनदेखि अस्पतालकै शवगृहमा राखिए पनि मृतकका आफन्त तथा परिवारजन सम्पर्कमा नपुगेकाले व्यवस्थापनमा समस्या भएको हो ।कोरोना भाइरसको महामारी फैलिएको अमेरिकामा अरु कारणले मृत्यु भएका नेपालीको पनि शव बुझ्न परिवारजन सम्पर्कमा नपुगेपछि अमेरिकास्थित नेपाली दूतावासले समन्वयको प्रयत्न गरिरहेको छ ।
झण्डै दशकयता न्यूयोर्क बस्दै आएका नेपालको पूर्ख्यौली थातथलो मुस्ताङ भएका एक व्यक्तीको चैत तेस्रो साता मृत्यु भएपछि उनको शव ‘क्रोवीई’ शवगृहमा नै अलपत्र अवस्थामा छ ।१० दिनअघि मृत्यु भएका काठमाडौंका अर्का एक नेपालीको पनि शव व्यवस्थापन हुन सकेको छैन ।
कोरोना भाइरसले मृत्यु भएका ७ नेपालीको शव व्यवस्थापनमा मेरिल्याण्ड राज्यमा पनि समन्वय भइरहेको दूतावासले जनाएको छ।