काठमाडौं । लकडाउनको चपेटामा परेका मजदुर तथा विद्यार्थीहरु धमाधम शहरहरु छा’ड्न थालेका छन्। लकडाउनका बाबजुत उपत्यका तथा विभिन्न शहरबाट मानिसहरु हिँडेरै गाँउ गइरहेका छन्। भोकै घर हिँडेका मानिसहरु निन्द्राले बाटोमा पल्टेका द’र्दनाक तस्विरहरु अहिले सामाजिक संञ्जालमा त्य’स्ता तस्विरहरु छर्लंग छन्।
सरकारले लकडा’उनको उल्लं’घन गर्नेमाथि काुननी कारवा’ही गर्ने चेता’वनी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नि’र्मम भएर भाइरस विरु’द्ध उत्रने चे’तावनी दिँदै आएका छन्।सरकारले घरमै बसेर लकडाउनको पालन गर्न आ’ग्रह गरेपनि राहत तथा मजदुरका गुनासो सम्बोधन गर्न सकेको छैन। यो बिषयले सरकारको आलो’चना बढ्दै’ गएको छ।
नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटमा मेन्सन गर्दै मजदुरको व्यवस्थापनबारे छलफल गर्न चाहेको उल्लेख गरेका छन्।