अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आज मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने स्रोतले बताएको छ । स्रोतका अनुसार बैठकले कम्तिमा एकसाता थप्ने र लकडाउन थप कडा बनाउने तयारी छ । कोरोना भाइरस संक्रमितको संख्या धमाधम देखिन थालेपछि अन्य विकल्प नभएपछि सरकारले लकडाउनलाई नै निरन्तरता दिन लागेको हो ।
कोभिड १९ उच्चस्तरीय समन्वय समितिको सुझावको आधारमा मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयसीमा थप्ने तयारी गरिएको हो । हालसम्म १४ जना संक्रमित रहेको र धेरै संकास्पद बिरामी रहेकाले कम्तिमा पनि १४ दिन लकडाउन लम्ब्याउनुपर्ने देखिएको छ । तर, सरकार भने अहिले एक साता समय थपेर अघि बढ्ने मनसायमा रहेका छ।
लकडाउनका कारण मजदूरहरु समस्यामा परेको अवस्थामा उनीहरुको हितमा सरकारले के निर्णय गर्छ भन्ने पनि चासोको विषय रहेको छ ।