स्वास्थ्य क्षेत्रमा विश्वका लागि सबैभन्दा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख १६ हजार ४६ जनाको ज्यान गएको छ भने १८ लाख ७३ हजार ८७९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ लाख ३५ हजार १८५ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म ५० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको छ ।त्यस्तै महामारीको प्रकोप सहिरहेको अमेरिकामा यो समाचार तयार पार्दासम्म २२ हजार १३४ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकाले आज थप २९ जनाले ज्यान गुमाएका छन् भने ८६४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ५ लाख ६१ हजार १६४ जनामा संक्रमण रहेको छ ।त्यस्तै अमेरिकामा ११ हजार ७७० जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन् भने इटालीमा महामारीका कारण १९ हजार ८९९ जनाको ज्यान गएको छ ।