काठमाडौं । सुडानमा निधन भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश विष्टको आइतबार अन्तिम दाहसंस्कार गरिएको छ lसंयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिणी सुडानको डाफरमा सेवारत नेपाली सेनाका प्रमुख सेनानी विष्टको चैत १७ गते हृदयघातका कारण निधन भएको थियो ।
कोरोना भाइरसको महामारीका कारण आतर्राष्ट्रिय उडान बन्द रहेकाले साउदी अरेबिया, ओमान, पाकिस्तान र भारतको हवाई क्षेत्रको अनुमति लिनु पर्दा प्रमुख सेनानी विष्टको शव ल्याउन ढिला भएको नेपाली सेनाले जनाएको छ ।विष्टको आइतबार बिहान पशुपति आर्यघाटमा सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिएको छ ।