लक डाउन उलङ्घन गरेर हैरानी दिएको भन्दै झापा प्रहरीले कार्वाहीको यस्तो शैली अपनाएको हो । कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले तपाईलाई घरमै बस्नुस् भनेको छ । मान्नु हुन्न र सडकमा रमिता हेर्न आउनु हुन्छ भने सडकमा तपाईको रमिता अरुले हेर्नेछन् । यो तस्वीर चारआलीको हो । लक डाउन गर्नेहरुको ताँती तस्वीरमा देखिन्छ ।
झापाका सबै सहरमा प्रहरीले लक डाउन उलङ्घन गर्नेलाई यसरी नै कार्वाही गर्दैछ । शुक्रवार एकैदिन बिर्तामोड, भद्रपुर चारआली, शनिश्चरे, सतासी, लगायतका स्थानमा प्रहरीले ६०० जनालाई यसरी नै उभ्याएर कार्वाही गरेको छ ।