सर्वोच्च अदालतले लकडाउनको अवधिमा अदालतबाट प्रवाह हुने सेवा आंशिक सञ्चालन गर्ने निर्णय गरेको छ ।यसअघि बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित निवेदन तथा पक्राउ पूर्जी जारी तथा समर्थनको काममात्र सञ्चालनमा थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले आजदेखि हिरासतमा राख्न अनुमति दिने, अभियोगपत्र दर्ता, अभियुक्तको बयान, थुनछेक आदेश गर्ने निर्णय गरेको हो ।