२६ चैत, काठमाडौं । यूरोपेली मुलुकले धमाधम आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लगिरहेका छन् । यसैक्रममा बुधबार दुई चार्टर्ड उडान भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बेलायतले टीटान एयरवेजको जहाजबाट २५२ जना नागरिक बोकेर उडेको छ । यो जहाज कतारको दोहामा इन्धन भरेर लण्डनतर्फ लाग्ने छ । यो बेलायती वायुसेवा कम्पनी हो ।
बुधबार नै जर्मनीले समेत कतार एयरवेजमार्फत थप नागरिक फिर्ता लगेको छ । जर्मनीले चार्टर्ड गरेको यो जहाजमा २ सय ८२ यात्रु, २ नाबालक नेपालबाट उडेका छन् ।
उनीहरु धेरैजसो जर्मन नागरिक र केही यूरोपेली यूनियनभित्रका नागरिक रहेको समेत बताइएको छ । नेपालमा अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्धको मिति निरन्तर बढेसँगै देशहरुले नेपालबाट धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।