सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध आउँदो वैशाख १८ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वैशाख १८ गते अर्थात् अप्रिल अन्तसम्म उडान गर्न नदिने निर्णय गरेको हो ।आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको जनाइएको छ l