काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ ।कोभिड –१९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण शुरु भएको हो ।
जीवन धान्न समस्यामा परेका घरपरिवारलाई राहत वितरण शुरु गरिएको नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले जानकारी दिए ।नगरपालिकाले तीन भन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई साबुन दिएको छ ।