आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षिया अनिता वनको भरुवा बन्दुक प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । अनितालाई उनका २२ वर्षीय श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ ।
मृतक अनिता र उनका श्रीमान मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफुले गोली नहानेको बताएको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज ९सइ० महेन्द्र थापाले बताए । मृतक अनिताको छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घट्ना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए ।
अनिताका श्रीमान खडकले आफु घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफु माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जानकारी दिएको छ ।घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाई खेल्न गएको बताइएको छ ।
घरमा दुई श्रीमान श्रीमती मात्र भएको समयमा घटना हुँदा श्रीमानले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । निज बनको घरमा राखिएको भरुवा बन्दुक अबैध रहेको समेत प्रहरीले जनाएको छ ।प्रहरीले खडक वनलाई नियन्त्रणमा राखी घटनास्थललाई सुरक्षा घेरामा राखेर घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिपसिं देउवा