विश्वभरि म’हामारीका रुपमा फैलिएको को’रोनाभा’इरसको स’ङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृ’त्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाखभन्दा बढी व्यक्ति को’रोना भा’इरसबाट स’ङ्क्रमित भएका छन् । स’ङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन्
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी म’हामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भा’इरसका कारण भ’यावह स्थिति उत्पन्न भएको छ ।
हाल को’रोनाभा’इरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृ’त्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी स’ङक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृ’त्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीस’ङ’क्रमित रहेका छन् । को’रोनाभा’इरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृ’त्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी स’ङक्रमित छन् । को’रोनाभा’इरस स’ङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृ’त्यु भएको छ भने कूल सं’क्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।