सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहले भारतलगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाईनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गर्ने निर्णय समेत भएको जानकारी दिए ।