। सान्जेन जलविद्युत आयोजनाको काम फेरि सुचारु भएकोे छ । सरकारले ठूला आयोजना तथा उद्योग चलाउन सकिने निर्णय गरेसँगै आयोजनाको कामले निरन्तरता पाएको हो ।
स्थानीय सरोकारवाला पक्षको सहयोग र समन्वयमा ४२ दशमलब ५ मेघावाटको सान्जेन तथा १४ दशमलब ८ मेघावाटको माथिल्लो सान्जेन आयोजनाका कामहरु सूचारु गरिएको हो ।
आजबाट आयोजना कै जोखिम कार्य मध्येको पेनस्टक ओईडिङको ब्लाष्टिङ्गको कार्य पनि शुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।उनले निर्माण सामग्रीको ढुवानी सहज नभए फेरि समस्या आउने भएकाले यसको व्यवस्थापनमा सहयोग गर्न सरकारलाई आग्रह समेत गरे ।