लकडाउनपछि नेपालमा अलपत्र परेका सम्बन्धित देशका नागरिकलाई पुर्याउनका लागि नेपाल एयरलाइन्सले विशेष उडान गर्ने भएको छ।पुर्याउनकानेपाल
नेपालमा भएका कूटनीतिक नियोगहरुले आफ्ना नागरिक लिनका लागि विभिन्न एयरलाइन्सका उडान बुक गरिरहेका छन्। त्यस्तै अष्ट्रेलिया र श्रीलंकाले नेपाल एयरलाइन्सको जहाज लिने भएका छन्।
नेपाल एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनकाअनुसार अष्ट्रेलिया वाइडबडी जहाज जाने छ।
जुहार्चनकाअनुसार अष्ट्रेलिया अप्रिल १ मा उडान हुने छ। त्यस्तै श्रीलंकाका लागि अप्रिल ८ मा उडान हुने छ।
नेपालस्थित अष्ट्रेलियन दूतावासले उक्त उडानका लागि इकनोमी क्लासका लागि १८०० अमेरिकी डलर र विजनेस क्लासका लागि २३०० डलर भाडा लाग्ने जानकाकरी गराएको छ।
दूतावासले फेसबुकमार्फत् उक्त उडान अप्रिल १ मा हुने जानकारी गराएको छ। दूतावासले अहिलेसम्म १९० जना यात्रीले बुक गराइसकेको जानकारी गराएको छ। उसले हाल ४०७ जना अष्ट्रेलियन नेपालमा भएको र जान चाहने सबैलाई फ्लाइट बुक गर्न आह्वान गरेको छ।
बेलायत र सयुक्त राज्य अमेरिकाले पनि विशेष उडानका लागि सरकारसमक्ष अनुमति माग गरिसकेका छन्। तर उनीहरुले कुन एयरलाइन्सको जहाज लिने भन्ने टुंगो लागेको छैन।