प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लकडाउनकै बीचमा अस्पताल पुगेका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राातिनै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच अस्पतालमै अन्य समसामायिक विषयमा करीव ४० मिनेट कुराकानी भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।