कोरानाभाइरस नियन्त्रण राहतका लागि प्रदेश नम्बर–२ सरकारले २५ करोड रुपैयाँ बराबरको राहत कोषको स्थापना गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले २५ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने निर्णय गरेको हो ।कोषमा मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय पनि गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा विशेष कार्यकारी समितिसमेत गठन गर्ने निर्णय गरिएको छ ।