आज बेलुकीसम्म २२ वटा केन्द्रमा सामग्री पुर्याइसक्ने गरी काम गरिरहेका छौं । २-३ दिनभित्रमा धेरैभन्दा धेरै केन्द्रमा सामग्री पुर्याउन सक्छौं भन्ने हाम्रो विश्वास छ । तर, अबको समस्या पीपीईमात्रै होइन । देशभर परीक्षण किट, N95 मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेलर लगायत सामग्रीको अभाव छ । चीनका सान्जेन, ग्वान्जाओलगायत स्थानमा हामीले यी सामग्री तयार राखेका छौं । त्यहाँबाट तत्काल नेपाल भित्र्याउन विशेष विमान व्यवस्थापनका लागि सरकारी निकायहरूसँग निरन्तर संवाद गरिरहेका छौं । सरकारसँगै हाम्रा मित्र, साझेदारहरूसँग पनि नियमित सम्पर्कमा छौं ।
भारत आफैं कोरोनाविरुद्ध संघर्षण गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन् । तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौं ।
यसबीचमा Lockdown का कारण सुरक्षा र उपचार सामग्री बोकेका हाम्रा सवारी साधन निर्बाध सञ्चालन हुन सकिरहेका छैनन् । यी तमाम समस्याका बाबजुद हाम्रो टिम काममा लागिपरेको छ । देशभर खटिइरहेका सबै स्वास्थ्यकर्मी, सहयाेगीलाई आह्वान गर्न चाहन्छौं–– हामीले सम्पूर्ण शक्ति लगाएर यसमा काम गरिरहेका छौं र गरिरहनेछौं ।