कोरोना संक्रमणका कारण बैङ्क तथा वित्तीय संस्थाहरुले कर्जाको सावा ब्याज माग्न नपाउने भएका छन् । सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको हो ।
अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् ।