नेपाली बजारमा मंगलबार एकैदिन सुन तोलामा २ हजार रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ ।
सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको छ । यसअघि सोमबार चाँदी तोलामा ७९० रुपैयाँमा कारोबार भएको थियो ।