हाम्रो सामाजिक मान्यता अनुसार दुई व्यक्ति एउटा बन्धनमा बाधिनु नै विवाह हो।
उनीहरुलाई जीवनभर एकअर्काप्रति समर्पित भएर बाच्न सहयोग पुर्याउँछ ।
जब दुई व्यक्ति जीवनभर एकसाथ हिड्ने निर्णय गर्छन्, तब उनीहरुबीच आपसी सहमति कायम हुने गर्छ । पूरानो समयमा यो सहमति मागी विवाह अन्तर्गत आमाबाबुले गर्थे । तर, अहिलेका पुस्ता विवाह आफै तय गर्छन् र सम्पूर्ण जिन्दगी साथमा रहने निर्णय गर्छन् । यसका लागि
विवाह भनेको दुई आत्माको मेल मात्र नभएर दुई परिवारको पनि मेल हो । त्यसैले विवाह पश्चात्त श्रीमान र श्रीमतिले गर्ने प्रत्येक निर्णयमा परिवारको पनि उत्तिकै महत्व हुन्छ । त्यस्ता, निर्णयमा परिवारको हितलाई सबैभन्दा माथि राखिने गरिन्छ ।
परिवार, इष्टमित्रलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने हुन्छ ।
जब कुनै जोडी विवाह बन्धनमा बाधिन्छन्, तब उनीहरु बीच शारीरीक सम्बन्ध कायम हुन जरुरी छ । यसले सम्बन्धमा सुधार ल्याउनुका साथै सम्बन्धिलाई प्रगाढ बनाउन मद्दत गर्छ । साथै, उनीहरुबीच भावनात्मक र मानसिक सम्बन्ध कायम गर्न मद्दत गर्छ ।
यसको लागि नव विवाहित दम्पत्तिले एक आपसमा धेरै भन्दा धेरै समय व्यतित गर्न जरुरी छ । एक आपसलाई राम्ररी बुझ्न जरुरी छ ।
विवाह पश्चात्त प्रत्येक दम्पत्तिको जीवनमा शिशुको आगमन हुन्छ । एक नव दम्पत्तिको जीवनमा यो भन्दा खुशीको क्षण अरु के होला ? जो दम्पत्ति एक भएर शिशुको राम्रो पालन पोषण गर्छन्, उनीहरुको बच्चा भविष्यमा एक परिपक्व नागरिक भएर समाजमा अमुल्य योगदान पुर्याउँछन् । यद्यपी, यो जिम्मेवरी वहन गर्न त्यति सजिलो छैन । किनकी शिशुको लालनपालन गर्ने क्रममा उनीहरुले जीवनमा कयौ चुनौतीको सामना गर्नु पर्दछ । कयौ पटक प्राथमिकता बदलिने गर्छ । तथापी, जिवनमा शिशुको जतिसुकै महत्व भएपनि पहिले आउने भनेको श्रीमान नै हो । जबसम्म तपाईको जीवनमा श्रीमानको महत्व सर्वपरी रहन्छ, तबसम्म तपाईको दापत्य जीवन राम्रोसित चल्छ ।
परिवर्तन जीवनको अभिन्न अंग हो । जीवनका हरेक क्षणमा परिवर्तन आउने गर्छ । यही परिवर्तनकै कारण जीवन रंगिन हुने गर्छ ।