कार्यकारी अध्यक्ष प्रचण्डलाई केही दिनदेखि रुघाखोकीले सताएको छ । विश्वभर कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएको बेलामा कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको भन्दै चिकित्सकले आराम गर्न र भेटघाट नगर्न सुझाव दिएपछि उनी आराम गरिरहेका छन् ।
‘सामन्य रुघाखोकी हो, अध्यक्ष अहिले आराम गरिरहनु भएको छ । त्यसकारण केहि दिनका लागि भेटघाट बन्द गरिएको छ ।’ सचिवालयले जानकारी दियो । कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको सचिवालयले जनाएको छ ।