गृह मन्त्रालयले सीमा नाकामा निगरानी बढाउने भएको छ। गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई सीमा नाकाहरुमार्फत आवतजावत गर्नेमाथि निगरानी बढाउन निर्देशन दिएका छन्। मन्त्रालयमा बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को प्रभाव न्यूनीकरण गर्न पूर्वतयारी गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य परीक्षण गर्न सहयोग गर्ने र जनमानसमा कोरोना भाइरस सम्बन्धी जनचेतना बढाउन सूचनाहरु सम्प्रेषण गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै बैठकले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने, महङ्गी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको छ। भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको कार्यमा समन्वय गर्ने निर्णय भएको छ।